१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

दुई रेल ठोक्किँदा इजिप्टमा गम्भीर दुर्घटना, कम्तीमा ३२ जनाको मृत्यु



इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । इजिप्टको मध्य क्षेत्रमा भएको दुर्घटनामा अरु १६५ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोहाग प्रान्तको ताहता शहर नजिकै दुई रेल ठोक्किएर दुर्घटना भएको हो । रेलका डिब्बाहरु लिकबाट बाहिर गएर पल्टिएका हुन् ।

आपतकालीन ब्रेक अज्ञात व्यक्तिले सक्रिय पारेका कारण सो रेलमा अर्को रेल ठोक्किएर दुर्घटना भएको इजिप्टका रेलवे अधिकारीले बताएका छन् । राष्ट्रपति अब्दुल फतह अल–सिसीले संलग्न व्यक्तिलाई कडा सजाय दिने बताएका छन् । राजधानी कायरोबाट ३६५ किलोमिटर दक्षिणमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको एउटा रेल दक्षिणी शहर लुसोरबाट भूमध्य सागरमा रहेको बन्दरगाह एलेक्जान्ड्रिया तथा अर्को रेल राजधानी कायरोबाट दक्षिणी शहर अस्वानका लागि गुडेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय