१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कञ्चनपुरमा पिकनिक खान गएका वडाध्यक्षको मृत्युः सोधपुछका लागि ७ जना प्रहरीको नियन्त्रणमा



महेन्द्रनगर –कञ्चनपुरमा पिकनिक खान गएका वडाध्यक्षको मृत्यु भएपछि प्रहरीले सोधपुछका लागि ७ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दको शुक्रबार पिकनिक खान गएका बेला मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शुक्रबार वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका बेला घाँटीमा समस्या देखिएपछि अस्पताल पुगाएका वडाध्यक्ष चन्दलाई चिकित्सकले मृत घोषणा गरेको बताए। मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक वडाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय