१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

वायु प्रदूषणका कारण आन्तरिक तथा बाह्य उडान र अवतरण प्रभावित



काठमाडौँ – वायु प्रदूषणका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान एवम् अवतरण प्रभावित भएको छ। विमानको उडान–अवतरणका लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी हुनु पर्ने भए पनि एक हजार मिटर मात्रै हुँदा शनिबार बिहानैदेखि उडान प्रभावित रहेको त्रिभूवन विमानस्थलले जनाएको छ। सामान्य अवस्थामा बिहान ६ बजेदेखि नै उडान तथा अवरण हुने गरेकोमा शनिबार विमानस्थल ठप्प छ। अहिले नै यो समयमा उडान–अवतरण सुरु हुन्छ भन्न सकिने अवस्था नरहेको र आफूहरुले भिजिबिलिटी निगरानी गरिरहेको त्रिभूवन विमास्थलका अधिकारीले बताएका छन्।

भिजिबिलिटी नहुँदा मेलसियाको क्वालालम्बपुरबाट आएको हिमायलन एअरलायन्सको जहाज भारतको बनारस डाइभर्ट भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। यस्तै मलेसियाबाट आएको नेपाल एअरलायन्स र दुबईबाट आएको हिलमायलन एअरलायन्सको विमान अहिले आकाशमा होल्ड रहेको उनले बताए।

उनका अनुसार शुक्रबार आन्तरिक तर्फ कुल २२ वटा उडान रद्द भएको थियो। यस्तै हङकङबाट आएको कासा एअरको विमान शुक्रबार बेलुका दिल्ली डाइभर्ट भएर पुनः हङकङ नै फर्किएको थियो। यस्तै फ्लाइ दुबईको जहाज शुक्रबार राति लखनऊ डाइभर्ट भएको केसीले बताए। शुक्रबार दिउँसोदेखि काठमाडौँको वायुमा धुँवा मिसिँदा धुम्मिएको छ।


प्रतिक्रिया दिनुहोस !