१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

रंगभेद र बुलिङ्गका कारण थिएरी हेनरीले सामाजिक सञ्जाल त्यागे



एजेन्सी- फ्रान्स तथा इंग्लिस क्लब आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरीले सामाजिक सञ्जाल परित्याग गर्ने भएका छन् । सामाजिक सञ्जाल मार्फत भइरहेको रंगभेद तथा बुलिङ्गका कारण आफू सबै सामाजिक सञ्जालबाट बाहिर बस्ने निर्णयमा पुगेको उनले बताएका छन् ।

४३ वर्षका हेनरीले शुक्रबार २३ लाख फलोअर्स रहेको आफ्नो ट्वीटर ह्याण्डलमा समस्या अन्देखा गर्नै नसक्ने गरि विषाक्त बनेको उल्लेख गरे । कम्पनीहरुले कपीराइट उल्लंघन गर्दा गर्दा जस्तै कदम रंगभेद र बुलिङ्गमा नलिँदासम्म आफू सामाजिक सञ्जालमा नफर्किने उनले उल्लेख गरेका छन् । उनले यसका लागि तत्काल प्रभावकारी कदम चाल्नु पर्ने भन्दै अपिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !