१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नवीन्द्रराज जोशीको पार्थिव शरीर १२–२ बजेसम्म पार्टी कार्यालयमा राखिदै



काठमाडौं- नेपाली कांग्रेसका नेता स्व. नवीन्द्रराज जोशीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने भएको छ । नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति जोशीको निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसैबीच, नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने छ ।


प्रतिक्रिया दिनुहोस !