७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

म्यान्मारमा प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा एकैदिन ११४ जनाको मृत्यु



एजेन्सी : म्यानमारमा सैनिक सत्ता प्रदर्शनमाथि सुरक्षाकर्मीले गोली चलाउँदा १ सय १४ जनाको ज्यान गएको छ । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा शनिबार एकैदिन बालबालिकासहित १ सय १४ बढी मारिएका हुन् । गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएसँगै हुँदै आएको प्रदर्शनको क्रममा शनिबार सबैभन्दा घातक बन्यो । निरानी समूह एसिस्टेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स ९एएपिपी० का अनुसार शनिबार सेनाको बल प्रयोगका कारण अहिलेसम्मकै ठूलो संख्यामा मानिस मारिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !