१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

चीनले अनुदानमा दिने आठ लाख डोज कोरोना खोप सोमबार नेपाल ल्याइने



काठमाडौ : चीनले अनुदानमा दिने आठ लाख डोज कोभिडविरुद्धको खोप सोमबार नेपाल ल्याइने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिन चार्टर विमान आइतबार बिहान चीन जाँदै छ । अनुदानको सो खोप बेइजिङमा तयार अवस्थामा छ । १८ माघमा तीन लाख खोप सहायता गर्ने बताएको चीनले १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो । यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको नयाँ पत्रिकामा प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस !