१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चितवनमा बस र स्कुटर ठोक्किदा बाबु छोरीसहित ३ को मृत्यु



चितवन : भरतपुरमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्कुटरमा सवार भरतपुर–६ गीतानगर बस्ने ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार सोही स्थान बस्ने मोहनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र सोही स्थान निवासी चालकको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारी रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नं को बस र विपरीत दिशाबाट जाँदै गरेको ना ४० प ७०८२ नं को स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस !