७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

दुई दशकबढीको प्रतीक्षापछि मेलम्चीको पानी आजदेखि उपत्यकाको घर–घरमा



काठमाडौं : दुई दशकभन्दा लामो समयको प्रतीक्षापछि आजदेखि मेलम्चीको पानी राजधानी काठमाडौं उपत्यकावासीको घर–घरमा वितरण सुरु गरिँदैछ । मेलम्ची आयोजनाका अनुसार पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी वितरण हुनेछ । तत्कालका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड कै वितरण प्रणालीमार्फत सबै धारामा पानी पुर्‍याउन लागिएको आयोजनाले जानकारी दिएको छ । आज विहान ८ बजे नै सुन्दरीजलबाट छाडिने तयारी भए पनि त्यो क्षेत्रमा विद्युत आपूर्ति नभएका कारण केहि समय धकेलिएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।

अहिले परीक्षणका रुपमा पानी वितरण गर्न थालिए पनि आयोजनाको औपचारिक उद्घाटन भने केहि दिनपछि हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भनिए पनि मिति सार्वजनिक गरिएको छैन । उद्घाटनका लागि सुन्धारामा सार्वजनिक धारो निर्माण भइरहेको छ । मेलम्ची आयोजनाको पूर्ण क्षमता १७ करोड लिटर हो । पूर्ण क्षमतामा पानी वितरण गर्न करिव २० दिन लाग्नेछ । सुरुमा पुरानो वितरण प्रणालीमाफर्त पानी दिइए पनि उपत्यकामा रहेका सबै रिजर्भ ट्यांकीहरुको परीक्षण सम्पन्न भएपछि नयाँ प्रणालीबाटै वितरण हुनेछ । आयोजनाले उपत्यकाका सबै धारामा दैनिक पानी पुर्‍याउने गरी तयारी गरिरहेको बताएको छ ।

 


प्रतिक्रिया दिनुहोस !