७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

आज पनि विश्वकै प्रदूषित सहरको दोस्रो लिस्टमा काठमाडौं, सुधार हुने केही दिन लाग्ने



काठमाडौं : काठमाडौँसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण आज पनि उच्च रहेको छ । केही दिनदेखि प्रदूषणले घाम समेत लागेको छैन भने वायुको गुणस्तर खतराको तहमा रहेको छ । वन तथा वातावरण मन्त्रालय अन्तरगतको वातावरण विभागका अनुसार हाल नेपाल वायु प्रदूषणमा हानिकारक अर्थात् खतरापूर्ण अवस्थामा छ । यस अवस्थाबाट तल झर्न अझै केही दिन लाग्ने विभागले जनाएको छ । शुक्रबार विश्वकै सबैभन्दा धेरैे प्रदूषित शहरको रूपमा काठमाडौँ अगाडि देखिएको थियो । यो क्रम शनिबार पनि दोहोरियो । अझै केही दिन यस्तै अवस्था रहेर क्रमश मौसम पहिलेकै अवस्थामा फर्कन समय लाग्ने विभागले जनाएको छ । मुलुककै सबैभन्दा बढी वायु प्रदूषण काठमाडौँ शहरमा देखिएको छ ।

शुक्रबार र शनिबार काठमाडौँ विश्वकै प्रदूषित शहरहरुमध्ये १ नम्बरमा देखिएको थियो । वायुको गुणस्तरबारे इन्डेक्स अपडेट गरिरहने साइट आइक्यु एयर डट कमका अनुसार अहिले आइतबार बिहान पनि काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहरको रूपमा रहेको छ । हाल सबैभन्दा बढी वायु प्रदूषण चीनको राजधानी बेइजिङमा देखिएको छ । बेइजिङ वायुको गुणस्तरमा १८२४ इन्डेक्सका साथ पहिलो प्रदूषित शहरको रुपमा रहेको छ भने काठमाडौँ २४५ इन्डेक्ससहित विश्वकै दोस्रो बढी प्रदूषित शहरको रुपमा रहेको छ । यद्यपि यो इन्डेक्स दिउँसोसम्म घटबट भइसक्नेछ । अहिले नेपालमा देखिएाके वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो, स्वास(प्रस्वास र आँखामा असर गर्छ । यसले सङ्क्रमण समेत फैलाउने चिकित्सकहरू बताउँछन् । नाक सुख्खा हुने, रूघा(खोकी लाग्ने, आँखा पोल्ने लगायत समस्या देखिन सक्छ । त्यसबाट बच्न विभिन्न उपायहरू अवलम्बन गर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !