११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

कांग्रेस त्यागेर गाउँ नै एमालेमा प्रवेश



काठमाडौं : केन्द्रमा नेकपा एमाले जुट वा फुटको अवस्थामा रहेको बेला झापाको मेचीनगर नगरपालिकामा भने नेपाली काग्रेस परित्याग गरि एउटा गाउँ नै नेकपा एमालेमा प्रवेश गरेका छन् । मेचिनगर–३ स्थित समायोजन टोलका ४० बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए । नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका युवा नेता कुमार भट्टराईको नेतृत्वमा शनिबार एक कार्यक्रमका बिच उनिहरू कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । भट्टराईको नेतृत्वमा गाउँकै पुराना कांग्रेसका कार्यकर्ता पुण्य गौतम, टेकेन्द्र कोईराला, कुमार कार्की, दुर्गा थपलिया, इन्द्र बुडाथोकीलगाएतका ४० बढीले आफ्नो पार्टी परित्याग गर्दै एमालेको औपचारिक कार्यक्रम मार्फत पार्टी प्रवेश गरेका हुन् ।

कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा गाउँलाई सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको नवप्रवेशीले भट्टराईले बताए । भट्टराईका अनुसार अब गाउँ नै एमालेमय बनेको छ । नवप्रवेशीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेचीनगर उपप्रमुख मीना उप्रेती, एमाले प्रदेश सदस्य तथा प्रदेश सभा सदस्यद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली, एमाले प्रदेश सदस्य निलकण्ठ तिवारी, एमाले जिल्ला सदस्य डिल्लीरा घिमिरे, देवकुमार राई, युवासंघ नेपाल केन्द्रीय सदस्य दिपक बराल, एमाले मेचीनगर ४ का अध्यक्ष प्रविण भण्डारीलगायतले अविर र खदा पहिर्याएर स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !