१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

ट्राफिक प्रहरीलाई ५०० घुस दिन खोज्ने मोटरसाईकल चालक पक्राउ



काठमाडौं । घुस दिन खोज्ने मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–५ घर भएका १८ वर्षीय मन्दिल श्रेष्ठ छन् । कमलादी चोकबाट बा.८५ प २०६५ नम्बरको बुलेट मोटरसाइकल चालक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । चेकजाँच गर्न खटिएका ट्राफिक प्रहरी जवान संजिव कुमार यादवलाई पाँचसय घुस दिएपछि उनलाई पक्राउ गरिएको हो । चाबहिल बस्दै आएका मन्दिलले बुलेट मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !