८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

चालिस वटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान



काठमाडौं । साझा यातायातले विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले ३०० विद्युतीय बस खरीदको जिम्मेवारी पुनः साझालाई नै प्रदान गरेपछि साझाले खरीद प्रक्रिया अघि बढाएको हो । कम्पनीले पहिलो चरणमा ४० वटा विद्युतीय बस खरीदका लागि बोलपत्र आह्वान गरेको छ । सरकारले २०७५ पुसमा ३०० विद्युतीय बस खरीद गर्ने निर्णय गरी २०७६ वैशाख १ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालन गरिसक्ने बताएको थियो । तर २०७६ साउन १ गते मात्र बस खरीदको जिम्मेवारी सरकारी स्वामित्वमा रहेको साझा यातायातलाई दिइएकोमा ३ महीना नबित्दै सरकारले बस खरिद गर्न नसकेको भन्दै साझाबाट रकम फिर्ता लिएको थियो । सरकारले आफै बस खरीद गर्ने भन्दै रकम फिर्ता लगेको डेढ वर्षसम्म पनि खरीद गर्न नसकेपछि माघ गत अन्तिम साता मन्त्रिपरिषद्को निर्णयमार्फत बस खरीदको जिम्मेवारी पुनः साझालाई नै दिने निर्णय गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !