१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

रेशम चौधरी छुट्ने संकेत, गृहमन्त्री बादलको नेतृत्वमा वार्ता समिति गठन



काठमाडौं : सरकारले रेशम चौधरीलगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलन थारु कल्याणकारी सभासँग वार्ता गर्न समिति बनाएको छ । वार्ता टोलीमा विप्लवसँग सकारका पक्षबाट वार्ता गर्ने संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बादल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी रहेको वार्ता समिति बनाएको हो । गृहमन्त्री बादलको नेतृत्वमा निर्माण भएको वार्ता समितिले थारू कल्याणकारी सभा, थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्ने जनाइएको छ । आन्दोलनकारीले थुनामा रहेका रेशम चौधरीलाई थुनामुक्त गर्नेलगायत माग रहेको छ।


प्रतिक्रिया दिनुहोस !