१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

कारबाहीपछि प्रचण्ड भेट्न पुगे नेता नेपाल र रावल



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । नेता नेपाल र रावललाई पार्टीले ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी हितविपरित गतिविधि गरेको तथा पार्टीले मागेको स्पष्टिकरण चित्त बुझ्दो नभएकाले उहाँहरूलाई कारबाही गरिएको पत्र पठाउनुभएको हो । कारबाहीको सूचना पाएसँगै नेता नेपाल र रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !