१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पहिलो हापमै बंगलादेशविरुद्ध नेपालको २ गोल



काठमाडौं : त्रिदेशीय कप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपालले पहिलो हापमा बंगलादेश बिरुद्ध २ गोल गरेको छ । नेपालले खेलको १८ औं मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको छ । संजोग राईले गोल गरेका हुन् । त्यस्तै खेलको ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २ ० ले अग्रता दिलाएका छन् । नेपालले पछिल्लो आठ खेलमा भोगेको अन्तर्राष्ट्रिय खेलको गोलको खडेरीसमेत तोड्न सफल भएको छ । फाइनलमा दुई खेलाडी परिवर्तन गरिएको छ । विशाल राई र सुनिल बलले सुरुवाती ११ मै मौका पाएका छन् । गोलकिपर किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रिएको टिममा डिफेन्समा रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ र दिनेश राजवंशी रहेका छन् । मिडफिल्डमा त्रिदेभ गुरुङ, तेज तामाङ, सन्जोग राई, सुनिल बल र विशाल राई रहेका छन् भने फरवार्डमा अन्जन विष्ट रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !