१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

कारबाही पछि आक्रमक बन्दै नेपाल, ओलीका विरुद्ध देशव्यापी अभियान चलाउने घोषणा



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब केपी शर्मा ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने बताएका छन् । उनले देशैभरिका कार्यकर्ताहरुलाई मैदानमा उत्रन आह्वानसमेत गरेका छन् । अध्यक्ष ओलीले सोमबार माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गर्ने निर्णय गरेलगत्तै नेता नेपालको आक्रामक प्रतिक्रिया आएको हो । बरिष्ठ नेता नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारवाही गर्ने कुनै अधिकार नरहेको बताए । ओलीले आफैं केन्द्रीय कमिटी भंग गरेको अवस्थामा यसरी कारवाही गर्न नमिल्ने उनले बताए ।

ओलीले निलम्वन गरेको पत्र आफूले नपाएको बताउँदै नेता नेपालले अब देशव्यापीरुपमा ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गरे । कारबाही पछि नेता नेपालले भने, ‘अब देशव्यापीरुपमा संगठन झनै सशक्त र प्रभावकारी भएर जान्छ । केपी ओलीको चुनौतीको सामना गरिन्छ । सबै कार्यकर्तालाई दृढताका साथ मैदानमा उत्रन म आह्वान गर्न चाहन्छु ।’


प्रतिक्रिया दिनुहोस !