८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

सीके राउतलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश



नवलपरासी : नवलपरासी जिल्ला अदालतले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ३५ दिनभित्र उपस्थित हुन म्याद दिएको छ । सोमबार सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो। यसअघि अदालतले राउतविरुद्ध पक्राउ पूर्जीसहितको म्याद जारी गरिएकोमा घर नभेटिएको भन्दै ३५ दिनभित्र उपस्थित हुन भनेको हो । स्वतन्त्र मधेशको माग गर्दै आन्दोलित राउत २०७५ फागुन २४ गते सरकारसँगको सहमतिपछि मूलधारको राजनीतिमा आएका थिए। उनीसहित उनको समूहमा लागेका व्यक्तिविरुद्धको मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाउने सरकारसँग सहमति भएपनि मुलुकका विभिन्न अदालतमा मुद्दा विचाराधीन छन् । जिल्ला अदालत नवलपरासीमा पनि राज्यविरुद्धको संगठित अपराधको मुद्दा दर्ता भएको थियो ।

अदालतको सूचनामा भनिएको छ, ुयस अदालतमा दर्ता हुन आएका तपसिल बमोजिमका मुद्दाहरूमा देहायका व्यक्तिहरूको नाउँमा पक्राउ पूर्जीसहितको म्याद सूचना जारी गरिएकोमा घरद्वार पत्ता नलागेकोले यस अदालतका आदेशानुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५८ को उपदफा १३ बमोजिम यो सूचना प्रकाशित गरिएको छ । यो म्याद सूचना प्रकाशित भएको मितिले बाटाका म्याद बाहेक ३५ ९पैँतीस० दिनभित्र आफ्नो सबुद प्रमाण लिई हाजिर हुन आउनुहोला, म्यादभित्र हाजिर हुन नआएमा कानुनबमोजिम हुनेछ।


प्रतिक्रिया दिनुहोस !