१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मैले पुन: पार्टी एकता गरौँ भने तर प्रचण्डले मजाक गरे : ओली



काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले पार्टीलाई पुन: एकता गरौँ भन्दा प्रचण्डले चासो नदेखाएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले पुन पार्टी एकता गरौँ भन्दा चासो नदिएको तर सर्वोच्चले पार्टी फुटाइदियो भन्नु तर्कसँगत नभएको बताए । उनले सार्वोच्चले पार्टी एकिकरणको म्याद दिएको बेला पुनस् पार्टी एकताको लागि सम्पर्क गरेको तर प्रचण्डले चासो नदेखाएको आरोप लगाए । फैसला आएकै दिन टेलिफोन गरेर छलफल गरौं भनेर फोन गरेँ । पहिले उहाँले केन्द्रीय कमिटीको बैठक बसेर खबर गर्छु भन्नुभयो । तर पछि इच्छा छैन भनेर मजाक गर्नुभयो।’

त्यस्तैगरी प्रधानमन्त्री ओलीले एकताको कुनै सम्भावना नरहेको अवस्थामा फैसला आएकाले सर्वोच्चले पार्टी फुटाइदियो भन्नु नसुहाउने भन्दै ‘पार्टीको अध्यक्ष, दलको नेता र साधारण सदस्य बाटै निकालिसकेकाले पार्टी एकताको सवै सम्भावना पहिल्यौ सकिसकेको थियो’ ओलीले भने । कारवाहीका बाबजुद एकता चाहँदा उहाँले प्रचण्डले इच्छा नदेखाएकोले आ(आफ्नै पार्टीको नेतृत्व गर्ने अवस्थामा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !