८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

काठमाडौंमा भू-माफिया गौतमले अतिक्रमण गरेको जग्गामा नगरपालिकाले डोजर चलायो



काठमाडौं । भू–माफिया चुडामणि गौतम समूहले अतिक्रमण गरेको जग्गामा चन्द्रागिरी नगरपालिकाले डोजर चलाएको छ । भू–माफिया समूहले नगरपालिकाको सार्वजनिक जमिन कब्जा गरेर निर्माण गरेको पर्खाल नगरपालिकाले डोजर लगाएर भत्काएको हो । सार्वजनिक जमिन अतिक्रमण गरेर निर्माण गरिएको पर्खालमाथि मंगलबार नगरपालिकाले डोजर चलाएको हो । खोला मिचेर निर्माण गरिएका गरिएका संरचनामा सोमबार नापजाँच गरी मंगलबार बिहान डोजर चलाइएको हो ।

गौतमको नक्सामा खोलाको मोडमा १३ फिट चौडाइ देखाइए पनि सरकारी नक्साले उक्त स्थान ४२ फिट रहेको देखाउँछ । यसैगरी खोला मिचेर दश फिट मात्र देखाइएका स्थानमा सरकारी नक्साले २२–२५ फिट खोला रहेको देखाएको हो । गौतम समूह र शर्मा एण्ड शर्मा कम्पनीले २ रोपनी बढी जमिन अतिक्रमण गरेको स्थानीयले बताएका छन् । खोलाको माथिल्लो भेगमा समेत अतिक्रमण गरेर बस्ती नै बसालेका कारण त्यसलाई समेत नगरपालिकाले हेरफेर गर्नुपर्ने स्थानीय विष्णुभट्ट गोपाली बताउनुहुन्छ ।

 


प्रतिक्रिया दिनुहोस !