४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

प्रचण्ड र नेपाललाई संकट परेको हो, देशलाई होईन : ओली



काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई संकट नपरेको बताएका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्षा गर्दै ओलीले देशलाई नभएर नेपाल र प्रचण्डलाई संकट परेको बताए ।

मंगलबार काठमाडौंमा भएको रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा संकट परेकोलाई देशमा संकट पर्यो भन्न नहुने बताए । ‘देशमा संकट पर्या छ रे,’ उहाँले भन्नुभयो, ‘केपी ओलीलाई संकट पर्या होला, प्रचण्डलाई संकट पर्या होला, माधव नेपाललाई संकट पर्या होला, देशलाई कहाँ पर्यो संकट रुभन्दै ओलीले प्रश्न गरे ।

 

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय