१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

प्रचण्डले देउवालाई भने, कांग्रेस मौन बस्दा ओलीको स्वेच्छारिता बढ्यो, ढिलाइ नगरौँ



काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा मंगलबार अपराह्न भएको भेटवार्तामा राजनीतिक घटनाक्रम, संसद अधिवेशन, वैकल्पिक सरकार निर्माणलगायतका विषयमा छलफल भएको थियो। स्रोतका अनुसार भेटमा देउवाले माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले स्पस्ट निर्णय गरेपछि मात्र कांग्रेसले अग्रसरता लिनसक्‍ने बताएका थिए। भेटमा प्रचण्डले कांग्रेस मौन बसेर रमिता हेर्दा ‌प्रधानमन्‍त्री केपी ओलीको स्वेच्छारिता बढेको भन्दै ओलीको विकल्प खोज्‍न ढिलाइ भइसकेको बताएका थिए।

यसअघि पनि प्रचण्डले देउवासँग पटकपटक भेटेर वैकल्पिक सरकार निर्माणका लागि अग्रसरता लिन आग्रह गर्दै आए पनि देउवा पर्ख र हेरको रणनीतिमा छन्। सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको एक महिना वितिसक्दा पनि संसदमा न वैकल्पिक सरकार निर्माणका लागि गठबन्धन तयार हुन सकेको छ न त प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारको निरन्तरता सुनिश्‍चित भइसकेको छ। माओवादी केन्द्रले विश्‍वासको मत फिर्ता लिनसाथ उनी अल्पमतमा पर्नेछन्। त्यो निर्णय माओवादी केन्द्रले अहिलेसम्म गर्नसकेको छैन।


प्रतिक्रिया दिनुहोस !