८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

मुख्यमन्त्री राईबिरुद्ध अविस्वास प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता गरे



काठमाडौं : नेकपा एमालेका प्रदेश सांसदहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध अविस्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएका छन् । मुख्यमन्त्री राईबिरुद्ध हस्ताक्षर गर्ने एमालेका १६ सांसदहरुले मंगलबार नाम फिर्ता लिएका हुन् । मंगलबार प्रदेशसभाको सचिवालयलाई पत्र लेख्दै सांसदहरुले गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई खारेज गरि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि नयाँ राजनीतिक परिस्थिती भएकाले मुख्यमन्त्री राईबिरुद्धको अविश्वस प्रस्तावको हस्ताक्षर फिर्ता लिने बतएका छन् । प्रदेश १ का ९३ सांसदहरु मध्ये ५१ जना एमालेका छन् । मुख्यमन्त्री राईको पद रहिरहन ४६ सांसदको आवश्यक पर्छ ।

 

 


प्रतिक्रिया दिनुहोस !