१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

स्वेज नहरमा फसेको पानीजहाज निकालियो, कच्चा तेलको मूल्य घट्यो



काठमाडौं : स्वेज नहरमा फसेको मालवाहक पानीजहाजलाई निकालिएको छ । सोमबार सामाजिक सञ्जालमा राखिएको भिडियोमा एवर गिवेन जहाजको पछिल्लो भाग घुमेपछि नहरको बाटो खुलेको बीबीसीले जनाएको छ । समाचार संस्था रोयटर्सले स्वेज नहरमा फसेको ठूलो जहाज फेरि पानी तैरिएको छ । विश्वभरको समून्द्री सेवाको बारेमा जानकारी दिने इन्चक्यापले स्थानीय समयअनुसार ४ः३० बजे जहाज पुनः पानीमा तैरिएको हो । अहिले उक्त जहाजलाई निकालिसकिएको छ । जहाजलाई ट्रयाक गर्ने वेसलफाइन्डरले आफ्नो वेबसाइटमा जहाजको स्थान बदलिएको देखाएको छ ।

४ सय मिटर लामो एवर गिवेन जहाज मंगलबार तीव्र हावा आएपछि स्वेज नहरमा फसेको थियो । जहाज फसेसँगै यूरोप र एशियाबीचको सबैभन्दा छोटो बाटोमा जहाजहरूको ट्राफिक जामको स्थिति बनेको थियो । कम्तीमा ३ सय ६९ जहाज बाटो खुल्ने प्रतिक्षामा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । यीमध्ये अधिकांश जहाजमा तेलको ट्याङ्कर, एलपीजी ग्यास बोकेका थिए । जहाज तैरिन सुरु गरेको समाचार सार्वजनिक हुनेबित्तिकै कच्चा तेलको मूल्यमा घटेको थियो । स्वेज नहरको बाटो हुँदै विश्वभरको १२ प्रतिशत कारोबार हुने गरेको छ । नहर बन्द भएसँगै विश्वभर दैनिक अर्बौं डलरको नोक्सान भएको अधिकारीहरुले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !