१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

महाधिवेशनमा आफू अध्यक्ष नहुने भएपछि प्रचण्डले पार्टीमा भाँडभैलो गरे : ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हतियार र लडाकु दुवै नभएकाले कोही पनि नडराउने बताएका छन् । मंगलबार रिपोर्टस् क्लबको वार्षिकोत्सव कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने भन्दै प्रश्न समेत गरे । एमाले र माओवादीबीच एकीकरण गर्दा आधा आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति गरेको स्वीकार गरेका ओलीले प्रचण्डबाट असहयोग भएको बताए ।

एउटा समय थियो म मात्र बोल्थेँ, मानिसहरु हतियार र लडाकुसँग डराउँथे’ आज तपाईंका सो कल्ड सेना पनि छैनन्, हतियार पनि छैनन् । ती दिन त गए ओलीले भने । चैतमा महाधिवेशन गर्ने र आफू अध्यक्ष नहुनेभन्दा पनि प्रचण्डले पार्टीमा भाँडभैलो गरेको उनले टिप्पणी गरे । ‘माधव नेपाललाई तेस्रो अध्यक्ष हुनुस् भन्दा को–कोले उचालिदिए खान्न भन्नुभयो, सडकमा गएर प्रचण्डपछिको अध्यक्ष हुनुभयो’ उनले भने । नेकपा भन्ने पार्टीभित्रका व्यक्तिको घिनलाग्दो महत्वाकांक्षाका कारण अहिले मुलुकमा अस्थिरता आएको ओलीले बताए ।


प्रतिक्रिया दिनुहोस !