१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एटीएम बुथ ह्याक पैसा चोर्ने चिनियाँ नागरिकको प्रयास असफल



काठमाडौं : राजधानीका एटीएम बुथ ह्याक गरी चिनियाँ नागरिकले पैसा चोर्ने प्रयास गर्दै आएको खुलासा भएको हो । विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले पैसा निकाल्न लागेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक वाङ जियाओलो रहेको काठमाडौं प्रहरीले जनाएको छ । उनलाई मंगलबार साँझ काठमाडौंको ज्याठास्थित मेगा बैकको एटिएम ह्याक गरी नगद रुपैया निकाल्न खोजेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट ह्याक गर्ने सामानलगायत बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस !