८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

बायोग्यास प्लान्टका लागि चार करोड रुपैयाँ निकासा



काठमाडौं । फोहोरमैला प्रशोधन गरी बायोग्यास उत्पादन गर्ने उद्देश्यले झापामा निर्माण भइरहेको बायोग्यास प्लान्टका लागि सरकारले दिने रकम निकासा भएको छ । पाइपलाइन विस्तारका लागि सरकारले दिन लागेको अनुदान रकममध्ये चार करोड रुपैयाँ निकासा भएको हो । कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रबाट उत्पादित फाहोरमैला व्यवस्थापन तथा प्रशोधन गरी बायोग्यास उत्पादन गर्ने उद्देश्यले कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन लिमिटेडले कनकाई नगरपालिका–२ सुकेडाँगीमा बायोग्यास प्लान्ट निर्माण गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय