११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

सिंगटी हाइड्रोपावरको आइपीओ बाँडफाँट अर्को साता मात्रै, मेरो शेयरको समस्याले बाँडफाँट पछाडि धकेलियो



सिंगटी हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओको बाँडफाँट अर्को साता मात्रै हुने भएको छ।अर्को साता बुधबारसम्ममा आइपीओको प्रि अलटमेन्ट सक्ने र शुक्रबार बाँडफाँट गर्ने योजना क्यापिटलको रहेको छ।

सिडिएससिको सिस्टममा समस्या आएको कारण बाँडफाँट पछाडि धकेलिएको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविर बादे बताउछन्। “सबै डाटाहरु सिडिएससिकै सिस्टमबाट लिनुपर्ने हुन्छ। त्यसमा समस्या आउदा बाँडफाँट केहि पछाडि धकेलिएको हो,” उनले भने, “अर्को साताको बुधबारसम्म्मा प्रि अलटमेन्ट सकेर शुक्रबारसम्ममा बाँडफाँड गर्ने योजना रहेको छ।”

अर्को सातासम्म पनि सिस्टममा समस्या आइरहेमा आइपीओको बाँडफाँड अझै पर धकेलिनसक्ने उनी बताउछन्।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो जसमा५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाउने व्यवस्था थियो।

कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९।१६ गुणा भन्दा धेरै हो।


प्रतिक्रिया दिनुहोस !