१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

माओवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी



काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताईएको छ । सर्वोच्च अदालतले नेकपाको एकता टुटाईदिएपनि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किए पनि प्रधानमनत्री केपी ओली अहिलेसम्म अल्पमतमा परेका छैनन् । हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले कांग्रस सभापति शेर बहादुर देउवालाई भेटेर नयाँ सरकारको नेतृत्व गर्न आग्रह गरेका थिए । कांग्रेसले तत्काल निर्णय नदिए धेरै दिन प्रतिक्षा गर्न नसक्ने प्रचण्डको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !