spot_img
Friday, April 16, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

आक्रमक बन्यो नेपाल समूह, पोखरामा समानान्तर कमिटी गठन

spot_img
spot_img

पोखरा : नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा शुक्रबार समानान्तर कमिटी गठन गरिएको छ । धनराज आचार्य समानान्तर कमिटीको अध्यक्षमा चयन भएका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सुरेन्द्र पाण्डेको उपस्थितिमा पोखरामा आयोजित कार्यकर्ता भेलामा आचार्यको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटी सचिवमा होम नेपाली छन् । छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीलाई औपचारिकता दिइने बताइएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि कास्कीमा समानान्तर गठन गर्न नेता नेपाल पोखरा आएका हुन् ।

कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले ओलीले कम्युनिष्ट पार्टी ध्वस्त गर्न खोजेको आरोप लगाए । कमिटीको अध्यक्ष चयन हुनुभएका कास्कीको भरतपोखरीका आचार्य नेकपा एमाले उद्योग वाणिज्य क्षेत्रका निवर्तमान केन्द्रीय अध्यक्ष हुन् । पार्टीको केन्द्रीय विभागको सदस्य, जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य तथा पृथ्वीनारायण क्याम्पस पोखरा स्ववियूका पूर्व अध्यक्ष समेत हुन् ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: