१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मेलम्चीको पानी आएपछि ट्यांङ्गकर व्यवसायी चिन्तित, २० हजारले रोजगारी गुमाउदै



काठमाडौं : आयोजना सुरु भएको २२ वर्षपछि उपत्यकावासीको घरमा मेलम्चीको पानी आइपुगेको छ । तर मेलम्चीको पानी आएपछि पानीको व्यवसायबाट जीवन गुजारा गर्दै आएका व्यवसायीहरुमा भने विस्तापित हुने अवस्थामा पुगेका छन् । ट्यांङ्गकरमार्फत हुने पानी व्यवसायमा मासिक करिब १८ करोडको कारोबार हुने गथ्र्यो । २० हजार कामदार प्रत्यक्ष रोजगारीमा छन् । पानी बोक्न प्रयोग भएका यी ट्यांङ्गकरहरु तत्काल अन्य ब्यबसायमा प्रयोग गर्न पनि समस्या हुने ब्यवसायीहरुको गुनासो छ । मेलम्चीबाट आएको पानी दैनिक १७ करोड लिटर वितरण गर्ने सरकारको योजना छ ।


प्रतिक्रिया दिनुहोस !