४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

भुसाल र पाण्डेलाई पनि कारबाही, ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन



काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि कारबाहीको घोषणा गरेका छन् । पार्टी हित विपरितको गतिविधि गरेको भन्दै यसअघि स्पष्टीकरण सोधिएका पाण्डे र भुसाललाई ओलीले बिहीबार ६ महिना पार्टी सदस्यबाट निलम्बनको घोषणा गरेका हुन् । ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई पनि ६ महिना निलम्बन गरेका थिए । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उनीहरुको जवाफ चित्त बुझ्ने नभएकाले अध्यक्षले निलम्बनको निर्णय गरेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय