१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

बागलुङमा बम बिष्फोट, २ जना घाईते



बागलुङ : बागलुङको बडिगाडमा माछा मार्ने बम बनाउने क्रममा विस्फोट भएको छ । विस्फोटमा दुई जना घाइते भएका छन् । बडिगाड गाउँपालिका–२ सिमलचौरमा २८ वर्षीय अरुण कुमार पुनले माछा मार्ने बम बनाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिनुभयो । विस्फोटमा मित्र राना र अरुण कुमार पुन घाइते भएका छन् । उनीहरूको टाउको र खुट्टामा गम्भीर चोट लागेको सूचना अधिकारी हवारीले बताउनुभयो । घाइते दुवै जनालाई उपचारको लागि पाल्पा स्थित प्रभास अस्पताल पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !