११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

प्रमुख प्रशासकीय अधिकृत र ईन्जिनियरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



मोरङ : मोरङस्थित पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमलासहित इन्जिनियर कृष्णप्रसाद कोइराला र सबइन्जिनियर लीलाराज भट्टराई तथा चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नवीन ढकाल र कोषाध्यक्ष विनिता देवानविरुद्ध २४ लाख २७ हजार बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पोखरी निर्माणको काम सम्पन्न नभई रकम भुक्तानी भएको अनुसन्धानबाट खुलेपछि कारबाही अगाडि बढाइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । धमला, कोइराला र भट्टराईले पोखरी निर्माण भइसकेको भनेर गलत कार्यसम्पन्न प्रतिवेदन तयार तथा स्वीकृत गरेको, नगरपालिकाको योजना तथा गलत प्रतिवेदन पेस तथा जाँचपास गरेको, झुटा बिल बनाई स्वीकृत गरेको आरोप छ । यसैगरी, समितिका तीन पदाधिकारीले निर्माण सम्पन्न भएको झुटो विवरण पेस गरी भुक्तानी लिने काममा सहयोग गरेर लाभ लिएको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !