११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह



अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्पन्न गर्न सकिने आयोजनाहरु मात्रै प्रस्ताव गर्न बिषयगत मन्त्रालयहरुलाई आग्रह गरेका छन् ।

मन्त्रालयहरुले बजेट खर्च हुन नसकेर सरेन्डर गर्नु पर्ने अवस्था भएको भन्दै अर्थमन्त्री पौडेलले बहुवर्षिय योजनाहरुमा पनि जति खर्च गर्ने हो, त्यही अनुसार बजेट राख्न आग्रह गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन ।
सिलिङभित्र रहेर बजेट निर्माण गर्नु पर्ने सीमा रहेको भन्दै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन आग्रह गरेका छन् ।

उनले प्राथमिकताका आधारमा कार्यक्रमहरु प्रस्ताव गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले अन्तरमन्त्रालयबीच समन्वयको आवश्यकता रहेको भन्दै उनले कोभिड १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्ने बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कोभिड९१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह आग्रह गरे ।

अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा। प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमहरु भन्दा संघीयताको मर्म र भावना अनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनु पर्ने दिनुपर्ने बताए ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८र७९ को बजेटमा समावेश गर्नु पर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालयहरु र सरोकारवालासँग छलफल गर्नुका साथै सुझाव पनि संकलन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !