१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु भएपछि पढाईमा सुधार



पर्वत : पर्वतमा २८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिएको छ । विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाका सात स्थानीय तहमा रहेका ६१ वडाका २८८ सामुदायिक विद्यालयमा अहिले दिवा खाजा कार्यक्रम शुरु भएको छ । बालबालिकाले दिउँसोको समयमा विद्यालयमै दिवा खाजा खान पाएपछि उनीहरुको विद्यालयप्रति आकर्षण बढ्नुका साथै र पढाइमा समेत उल्लेख्य सुधार आएको दाबी गरिएको छ ।

जिल्लाका सात पालिकाका झण्डै २८८ विद्यालयमा दिवा खाजा शुरु भएको शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले जनाएको छ । समन्वय एकाइ प्रमुख उद्दिमराज पौडेलका अनुसार यो कार्यक्रम लागू भएपछि पहिला विद्यालय छाडेका विद्यार्थी पनि विद्यालय भर्ना भएका छन् भने विद्यालय छाड्नेको सङ्ख्या निकै घटेको छ । जिल्लाका सबैजसो सामुदायिक विद्यालयमा यो अभियान थालिए पनि गुणस्तरीय खाजा खुवाएका छन् या छैनन् भन्नेबारेमा भने चुनौती छ । स्थानीय तह र जनप्रतिनिधिले नियमितरूपमा विद्यालयमा अनुगमन गर्नुपर्ने पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस !