१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

जनताले गरेको बलिदान उल्ट्याएर देशलाई फाँसीवादतर्फ लैजान खोजियो : प्रचण्ड



काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश चरम फाँसीवादी निरंकुशतातिर जान लागेको बताएका छन् । शुक्रबार प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभा बोल्दै अध्यक्ष प्रचण्डले नेपाली जनताले गरेको बलिदान उल्ट्याएर देशलाई फाँसीवादको बाटोमा जान लागेको बताएका हुन् । मुलुक अराजकतातिर जान खोजेको छ, राज्य आफैले मुलुकलाई प्रतिगमनतिर धकेल्न खोजेको छ, नेपाली जनताले सात दशक लडेर ल्याएको उपलव्धी उल्ट्याउन खोजिएको छ प्रचण्डले भने । सरकारकै अगुवामा लोकतन्त्रका मूल्यमान्यता र आन्दोलनका उपलब्धी​हरु, शहीदहरुले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई निरंकुशतन्त्रतिर लैजाने प्रयास भएको प्रचण्डले दाबी गरे ।

 


प्रतिक्रिया दिनुहोस !