१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

आफु प्रधानमन्त्री हुन नसकेपछि प्रतिगमन हुन्छ ? : ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘प्रतिगमनकारी’ का रुपमा चित्रण गर्न थालिएकोमा आपत्ति जनाएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रश्न गरे, ‘प्रतिगमन भनेको के हो ? परिभाषा नै नबुझी प्रतिगमन भयो भन्ने यति सारो जनता अल्मल्याउने भन्दै आपत्ति जनाए । कोही शासनमा पुग्यो भने क्रान्ति भइहाल्ने, कोही शासनमा पुग्न सकेन भने प्रतिगमन भयो भनिदिने परिपाटी देखिएको उनको भनाइ थियो । ‘कोही प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन हुन्छ ? ’ उनले प्रश्न गरे, ‘म प्रधानमन्त्री हुनुपर्छ भनेर अवैध बाटोबाट हिँड्ने, अनि प्रधानमन्त्री हुन नसकेपछि प्रतिगमन हुन्छ ?

आफ्नो आलोचनाका क्रममा ‘संविधान मास्यो, च्यात्यो, गणतन्त्र खत्तम हुने भयो, लोकतन्त्र खत्तम हुने भयो, संघीयता त ध्वस्तै पार्न आँट्यो’ भन्नेजस्ता टिप्पणी गर्न थालिएको भन्दै ओलीले त्यस्ता टिप्पणी व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा असन्तुष्टि व्यक्त गर्ने अभिव्यक्तिमात्र रहेको बताए । अहिले पनि सरकारलाई काम गर्न नदिइएको उनको भनाइ थियो । ढुंगाको काप फोरेर मेलम्ची ल्याइएको, भूकम्पले भत्काएको धरहरा अब भूकम्पले भत्काउन नसक्नेगरी बनाइरहेको उनले जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !