१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

डढेलोमा परेर गुल्मीमा एक बालिकाको मृत्यु



गुल्मी : जंगलमा लागेको डढेलोमा परेर गुल्मीमा एक बालिकाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला धाराखोली जङ्गलमा लागेको आगोमा परि ९ वर्षकी बालिका संगिता परियारको मृत्यु भएको हो । घर नजिकैको खोलामा नुहाएर घर फर्कने क्रममा जंगलमा लागेको डढेलोमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !