१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

थ्रि नेसन्स कपको उपाधि विजेता राष्ट्रिय टोलीका सदस्यले जनही ४ लाख पुरस्कार पाउने



काठमाडौं : हालै आयोजित थ्रि नेसन्स कपको उपाधि विजेता बनेको नेपाली राष्ट्रिय टोलीले सरकारबाट जनही ४ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । हिजो बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो । थ्रि नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । नेपालले घरेलु भूमिमा ३७ वर्षपछि उपाधि उचालेको हो । प्रतियोगिताको फाइनलमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका थिए । यसअघि उपाधि विजेता टोलीले एन्फाले जनही १ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय