७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गरेका छन् । शनिबार बालुवाटारबाट सडक निर्माणको शुभारम्भको स्वीच थिचेर प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गरेका हुन् । हरेक निर्वाचन क्षेत्रमा एकरएक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ गरिएको हो । यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ । सबै ठाउँमा प्रधानमन्त्री ओली पुग्न असम्भव भएकाले एकै ठाउँबाट शिलान्यास गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस !