८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

ओलीलाई घोक्रेठ्याक लगाएर सत्ता परिवर्तन गर्ने रामचन्द्र पौडेलको दाबी



काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सत्ता परिवर्तनका लागि अठोट लिएको बताएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा पौडेलले प्रधानमन्त्री केपी ओलीजीले सांसदलाई तिरस्कार गरेको, संसद र संविधानलाई प्रधानमन्त्रीले प्रहारबाट गरेको बताए । केन्द्रीय समितिको बैठकबाट उहाँलाई हटाउने अठोट लिएका छौं पौडेलले भने । पौडेलले प्रधानमन्त्रीबाट राजीनामा दिन पनि ओलीलाई आग्रह पनि गरे । शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र वैकल्पिक सरकार निर्माणका लागि अग्रसर हुने निर्णय लिएको थियो । तर काँग्रेसले सत्ताभन्दा व्यवस्थालाई बढी महत्व दिएको पौडेलको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय