१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सार्वजनिक कार्यक्रममा प्रचण्डले गरे हिन्दी भाषामा सम्बोधन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा हिन्दी भाषामा सम्बोधन गरेका छन् । कपिलवस्तुको तौलिहवामा कपिलवस्तु जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा दाहाले हिन्दी भाषामा सम्बोधन गरेका हुन् । स्थानीयलाई बुझ्न सजिलो होस् र भारतबाट आएको पत्रकारहरूको सजिलोका लागि आफूले हिन्दी भाषामा सम्बोधन गर्न लागेको प्रचण्डले बताए । ‘प्रचण्ड तौलिहवामा आएको कुरा लखनउसम्म पुगेछ, त्यहाँबाट केही पत्रकार साथीहरू पनि आउनुभएको होला,’ उहाँले भन्नुभयो, ‘उहाँहरूको सजिलोका लागि र स्थानीयले पनि हिन्दी भाषा बोल्ने भएकाले मैले पनि हिन्दीमै आफ्ना धारणा राख्छु प्रचण्डले भने ।


प्रतिक्रिया दिनुहोस !