१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

ओली परिवर्तनको विरोधमा उत्रिए : भुसाल



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुषालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनका लागि उद्धत रहेको बताएका छन् । शनिबार एमालेको खनाल–नेपाल पक्षीय नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन को तेस्रो महाधिवेशन उद्घाटन कार्यक्रममा नेता भुषालले ओलीकै कारण दलाल पुँजीपतिहरूको चंगुलमा पार्टी फस्न लागेको बताए । उनले प्रधानमन्त्री ओलीको कारण कम्युनिष्ट आन्दोलन धरापमा परेको निष्कर्षसहित त्यसको रक्षा गर्नका लागि देशव्यापी अभियान थालिएको प्रष्ट पारे । उनले राजतन्त्र समाप्तिपछि कम्युनिष्ट पार्टीको एउटा कार्यभार पूरा भएर नयाँ नीति पारित गर्नुपर्ने पैरवी पार्टीमा भइरहँदा ओली परिवर्तनको विरोधीका रुपमा खडा भएको आरोप लगाए ।

पार्टीको नवौं महाधिवेशनले समाजवाद ल्याउने नीति पारित गरे पनि नेतृत्वमा ओलीलाई छानेर समस्या देखिएको नेता भुषालको दाबी थियो । नवौं महाधिवेशनले समाजवादको कार्यदिशा पारित गरेपनि त्यसको विपरीत विचार राख्ने ओलीलाई नेतृत्वमा चुनेर पार्टीले भूल गरेको टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य गर्दै उनी ‘टेम्पो हाँक्ने मान्छे’मात्र भएकाले पार्टीमा ट्रक हाँक्न सक्ने नेता चाहिएको बताए ।


प्रतिक्रिया दिनुहोस !