७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

पछिल्लो २४ घण्टामा १२८ जना कोरोना संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १२८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार थपिएका १२८ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा २ हजार ७ सय २७ पीसीआर परीक्षण भएका छन् । यस्तै, २४ घण्टामा १६१ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३२ पुगेको छ । त्यस्तै १ हजार ६ सय १३ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ८१ हजार ८ सय ३२ पीसीआर परीक्षण भएका छन् ।


प्रतिक्रिया दिनुहोस !