१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

दुई दिनमै १८ सयले बढ्यो सुनको मुल्य



काठमाडौं : नेपालमा सुनको मूल्य दुई दिनमै १ हजार ८ सयले वृद्धि भएको छ । अघिल्लो दिन ९बिहीवार० प्रतितोला ९ सयले बढेको मूल्य आज ९शुक्रबार० पनि ९ सयले वृद्धि भएको हो। प्रतितोला ९ सयलेवृद्धि भएसँगै आज छापावाल सुनको मूल्य प्रति तोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलामा ८६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार छापावाल सुनको मूल्य तोलामा ९ सयले बढेर प्रतितोला ८६ हजार ५ सय र तेजावी सुनको मूल्य ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !