१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

ब्राजिलमा फेरी नियन्त्रण बाहिर जाँदै कोरोना, एकै दिन २९२२ जनाको मृत्यु



एजेन्सी : ब्राजिलमा एकैदिन ७० हजार बढीमा कोरोना संक्रमण भएको छ । सरकारी अधिकारहिरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाभाइरसबाट ७० हजार २३८ जना सङ्क्रमित भएका हुन् । त्यसैगारी सोही अवधिमा ब्राजिलमा कोरोनाभाइरसका कारण दुई हजार ९२२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट एक करोड २९ लाख १० हजार ८२ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख २८ हजार २०६ पुगेको पनि मन्त्रालयले उल्लेख गरेको छ । दक्षिण अमेरिकी मुलुक ब्राजिल कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकहरुको सूचीमा दोस्रो अग्रस्थानमा रहेको छ । सबैभन्दा धेरै प्रभावित अमेरिका रहेको छ भने ब्राजिलपछि तेस्रोमा धेरै प्रभावित मुलुकको सूचीमा भारत रहेको छ । सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म तीन करोड १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पाँच लाख ६७ हजार ६०० भन्दा बढीको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय