१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

हवाई आक्रमणमा कम्तीमा ३५ तालिबानी लडाकू मारिए



काठमाडौं : अफगानिस्तानको सेनाले देशका दुई वटा उत्तरी प्रान्तहरुमा गरेको हवाई आक्रमणमा कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन् । शुक्रबार राति गरिएको यस आक्रमणमा अरु ३३ जना लडाकू घाइते भएको पनि अफगान रक्षा मन्त्रालयले पुष्टी गरेको छ ।फरयाब प्रान्तमा २६ जना तालिबानी लडाकू मारिनुका साथै ३३ जना घाइते भएका छन् ।

तालिवान समूहको गढ मानिएको गुर्जिवान जिल्लाको सर्चाकान गाउँमा सेनाले कारबाही गरेको रक्षा मन्त्रालयले जनाएको छ । यस्तै, छिमेकी बाघलान प्रान्तमा नौ जना तालिबानी लडाकूको सैनिक कारबाहीमा मृत्यु भएको छ । मारिएकाहरुमा छ जना तालिबानका डिभिजनल कमान्डरहरु पनि रहेका छन् ।सेनाले विद्रोही लडाकूबाट हातहतियार र धेरैवटा सवारी साधन पनि बरामद गरी ध्वस्त पारेको छ । यद्यपी तालिबान समूहले उक्त घटनाहरुका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।


प्रतिक्रिया दिनुहोस !