१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

म्यान्मारी सैन्य दमनमा ५५० प्रर्दशनकारी मारिए



काठमाडौं :  म्यान्मारको सेनाले फेब्रुअरीमा कूपछि दमन गर्दा अहिलेसम्म ५५० सर्वसाधारणको ज्यान गएको छ । अहिलेसम्म म्यान्मारी सेनाको दमन एपछि अर्को गरि बढिरहको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । सडकमा प्रर्दशनकारीको चाप बढेपछि म्यान्मारी सेनाले विमानबाट समेत बम खसालेको भन्दै संसार भरी विरोध भएको थियो । गरेको कतारी समाचार सस्था अल्जाजिराले जनाएको छ । दक्षिण पूर्वी राज्य करेन राज्यमा धार्मिक सशस्त्र समूहद्वारा नियन्त्रित क्षेत्रमा हवाई कारवाही भएको बताइएको छ ।

मुट्र जिल्लामा हवाई आक्रमण तथा बम प्रहार हुँदा ३ हजार मानिस ज्यान जोगाउन थाइल्याण्ड भागेको अन्र्तराष्टिय समाचार संस्थाले जनाएका थिए । सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएका थिए । धाँधली गरेर सुचीको पार्टीले चुनाव जितेको भन्दै सेनाले सत्ता हातमा लिएका थिए । एक वर्षपछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने जुन्ता शासकको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !