१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

छत्तीसगढ़मा माओवादीहसँगको झडपपछि १८ सुरक्षाकर्मी गायब



काठमाडौं : भारतको छत्तिसगढ राज्यमा भारतीय माओवादीसँगको मुडभेटपछि ५ सुरक्षा फौजको मृत्यु हुनुका साथै १८ जना गायब भएका छन् । केन्द्रीय रिजर्व पुलिस बलको कमाण्डो बटालियनका लागि रिजोलुसन एक्शन (कोब्रा) का १८ जना सुरक्षाकर्मी हराएको हिन्दुस्तान टाईम्सलको अनलाईन अंग्रेजी संस्करणले जनाएको छ । छत्तीसगढको तेरम जंगलमा बस्तर क्षेत्रको विजापुर र सुकमा जिल्लाको सिमानामा माओवादीहरूसँगको शनिबारको मुठभेडपछि कम्तिमा १८ सुरक्षाकर्मी हराएको आइतबार भारतीय अधिकारीहरुले जानकारी दिएका हुन् । शनिबार छत्तीसगढ पुलिस र माओवादीसँगको भिडन्तमा ५ सुरक्षाकर्मीको मृत्यु भएको र ३० जना घाइते भएका छन् । घटनास्थलबाट एक संदिग्ध माओवादीको शव पनि बरामद भएको भारतीय प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !